१० श्रावण २०८३, आइतबार | July 26, 2026

भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार बेलुका सवा ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवै फोक्सोमा निमोनिया भएका उनको बुधबार रातिदेखि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : १२ बजे

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले