१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

होम आइसोलेसनमा आठ हजार बढी संक्रमित



काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।

हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस संक्रमितमध्ये निको भएर जानेको संख्या बढ्दै गएको छ । हालसम्म देशभर ५९ हजार ५ सय ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार थप १ हजार २ सय ४३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ३८ जना डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन् । नेपालभर हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ०४ बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला