२७ बैशाख २०८३, आइतबार | May 11, 2026

सानेपामा कांग्रेसको पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

सभापति शेरबहादुर देउवा अनुपस्थित रहेको सो बैठकको अध्यक्षता अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबाट सत्ताबाहिरिन पुगेको कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बसेको हो ।

आजको बैठकमा हालको राजनीतिक घटनाक्रम, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका तयारी र संगठन सुदृढीकरणका लगायतका विषयमा छलफल भैरहेको बताइएको छ ।

आन्दोलनको क्रममा सभापति देउवा र उनकी पत्नी आरजु राणामाथि सांघातिक आक्रमण भएको थियो । त्यसपछि लामो समय उपचारमा रहेका देउवाले आजको बैठक बोलाएका थिए । उनी आज अनुपस्थित भए पनि २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भने उनी सहभागी बन्नेछन् ।

जनेजी आन्दोलनपछि सबै पार्टीमा नेतृत्व हस्तान्तरणको आवाज उठिरहँदा कांग्रेसमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला समुहले नेतृत्व परिवर्तनको माग गरिरहेका छन् । उनीहरुले आगामी मंसिरभित्र विशेष महाधिवेशन आयोजना हुनुपर्ने माग राख्दै देशभर हस्ताक्षर अभियान नै चलाएका छन् । यद्यपी, संस्थापन पक्षले भने नेतृत्व हस्तान्तरण सडकबाट नहुने भन्दै विधि र प्रक्रियाबाट हुनुपर्ने बताउँदै आएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  २ : १४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको