१४ भदौ २०८३, आइतबार | August 30, 2026

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक, प्रमुख दलका दोस्रो तहका नेता सहभागी



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति भवन शितल निवासमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरु र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरु सहभागी भएका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी भएका छन् ।

यसैगरी, एकीकृत समाजवादीबाट  राजेन्द्र पाण्डे र घनश्याम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट  डिपी अर्याल र  विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र मिना लामा, सहभागी भएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक आह्वान गरेका थिए ।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नभएको अवस्थामा राष्ट्रपतिले आज बैठक बोलाएका हुन् ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ५४ बजे

एसिसी प्रिमियर कप : उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा

भोटेकोशीमा बाढीको जोखिमपछि बन्द काठमाडौं-मुग्लिन सडक पुनः सञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि करिब

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा

भोटेकोशी बाढी : २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका