काठमाडौं । विद्युतीय चुरो (भेप) भित्र राखेर सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ।
अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ।
सीआईबीले महरालाई आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप)मार्फत लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।
सुन तस्करी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


















प्रतिक्रिया