३० असार २०८३, मंगलबार | July 15, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि सानेपामा जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुने छ ।

कांग्रेसको यो बैठक असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै बिदा लिएका थिए ।

२९ गते बुधबार बैठक बसेको थिएन भने दोस्रो बैठक असोज ३० गते बिहीबार बसेको थियो । उक्त बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका थिए ।

दोस्रो बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको नियमित महाधिवेशन छिट्टै गर्नुपर्नेमा जोड दिएका थिए । पार्टीभित्रको संगठन सुदृढीकरण, नीति-निर्णय र आगामी राजनीतिक कदमबारे आजको बैठकमा पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ५८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित