३० असार २०८३, मंगलबार | July 15, 2026

दललाई चुनावमा भाग लिन नदिएर कस्तो चुनाव हुन्छ ? : ओली

"मलाई जहाँ जान मन लाग्छ, त्यहाँ जान्छु, कसैले रोक्न सक्दैन"



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको भन्दै कडा आलोचना गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै ओलीले हालको सरकार संविधान र कानुनले कतैबाट पनि नचिनेको दाबी गरे। उनले भने, “यो असंवैधानिक सरकार हो, कुन संविधानअनुसार बनेको हो ? जनप्रतिनिधिको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? यो क्रान्ति होइन, प्रतिक्रान्ति हो, जसले देशलाई हिंसा र अराजकतामा धकेलेको छ।”

ओलीले देशमा शान्ति र स्थायित्व केवल एमालेकै कारण सम्भव भएको दाबी गर्दै हालको जेनजी आन्दोलनमार्फत शान्ति–सुरक्षालाई अस्तव्यस्त बनाइएको बताए। उनले भने, “प्रहरीका १२ सय हतियार र एक लाख गोली लुटिएका छन्। अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी अझै बाहिर छन्। के यो मजाक हो ?”

ओलीले यस्तो अवस्थामा चुनाव गराउने नाटक भइरहेको टिप्पणी गरे। उनका अनुसार, दलहरूलाई चुनावमा भाग लिन नदिई एकलौटी रूपमा निर्वाचन गर्ने तयारी भइरहेको छ। उनले व्यंग्य गर्दै भने, “दललाई चुनावमा भाग लिन नदिएर कस्तो चुनाव हुन्छ ? जेनजीको नाममा आन्दोलन गरेर प्रधानमन्त्री बन्ने खेल मात्रै चलेको छ।”

बंगलादेशको उदाहरण दिँदै ओलीले भने, “त्यहाँ पनि जेनजी आन्दोलनले ७५ वर्षका नेतालाई हटाएर ८५ वर्षकालाई ल्यायो। त्यो आन्दोलन अहिले कहाँ गयो ?”

उनले आफूलाई जहाँ मन लागे पनि जान पाउने अधिकार रहेको उल्लेख गर्दै भने, “मलाई जहाँ जान मन लाग्छ, त्यहाँ जान्छु, कसैले रोकेर केही गर्न सक्दैन। यो देश मेरो पनि हो, जो–जहाँ छन्, जिम्मेवार भएर चल्नुपर्छ।”

अध्यक्ष ओलीले अहिलेको सरकारको उद्देश्य शान्ति र विकास होइन, त्रास फैलाउने भएको आरोप लगाए। उनले संसद् पुनर्स्थापना नभएसम्म र अपराधी पक्राउ गरी हतियार फिर्ता नगरेसम्म चुनाव हुन नसक्ने दाबी गरे।

ओलीले प्रहरीको सुरक्षाको आवश्यकता जोड दिँदै भने, “प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ। अहिले प्रहरीहरू प्रहारको निशानामा परेका छन्।”

जेनजी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, “जेनजीले सिंहदरबारमा आगो लगाएको होइन, उसको गालामा कसैले काँक्रोको बियाँ टाँसिदिएको हो। खोज्नुपर्ने त्यो व्यक्ति हो जसले बियाँ टाँस्यो।”

ओलीले भने, “जसलाई सुरक्षा चाहिएको छैन, उसलाई सुरक्षाको व्यवस्था गरिएको छ, तर जसलाई साँच्चै आवश्यक छ, उसको सुरक्षा हटाइएको छ। यस्तो कुरा उठाउँदा सरकार रिसाउँछ।”

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : १३ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित