४ चैत्र २०८२, बुधबार | March 18, 2026

एकतामा आउने पार्टीहरुको संयुक्त बैठक २० कात्तिकमा गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित एकतामा आउने पार्टीहरुसँग २० गते संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि संचारकर्मीहरुसँग भने, “संयुक्त भेला तथा एकीकृत समाजवादीलगायत एकताका प्रयत्नमा रहेका दलहरूसँगको बैठक कात्तिक २० गते बस्ने निर्णय भएको छ।”

सापकोटाका अनुसार आइतबार बसेको बैठकले केन्द्रीय समिति बैठक आगामी मंगलबार कात्तिक १८ गते बस्ने निर्णय पनि गरेको छ।

आजको बैठकमा अन्य दलहरूसँग सम्भावित एकतापछि हुने संगठनात्मक पुनर्संरचना र नीति–वैचारिक समायोजनबारे छलफल भएको थियो। “एकतापछि नयाँ दल दर्ता गर्नुपर्ने विषय पनि बैठकमा उठ्यो। आजको बैठक मुख्यतया आन्तरिक संगठनात्मक तयारी र वैचारिक दिशाबारे केन्द्रित रह्यो।” उनले भने ।

आजको बैठकमा जनार्दन शर्मा अनुपस्थित भएकाछन् । हिजो बसेको बैठकमा एकीकृत समाजवादी लगायतका दलहरुसँग पार्टी एकता गर्न नहुने धारणा राखेर बाहिरिएका शर्मा आजको बैठकमा अनुपस्थित भएका हुन् । यसको पुष्टि प्रवक्ता अग्निप्रसाद सापकोटाले गरेका छन् ।

शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने जिकिर गर्दै एकता प्रक्रियाको स्वामित्व नलिने बताएका थिए ।

आफ्ना कुरा राख्ने अरुका कुरा नसुन्ने प्रवृति अराजक भएको भन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजै संचारकर्मीहरुकै अगाडि शर्माबारे टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ३१ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी