१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशन मिति विवाद प्रमुख एजेन्डा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने भएको हो ।

गत असोज २८ गतेदेखि सुरु भएको उक्त बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम निरन्तर जारी छ । बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको संगठन सुदृढीकरण र आसन्न महाधिवेशनका तयारीबारे सुझाव प्रस्तुत गर्दै आएका छन् ।

बैठकको प्रमुख एजेन्डा भनेकै पार्टीको १५ औँ महाधिवेशनको मिति निर्धारण रहेको छ । प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्ने वा निर्वाचनपछि मात्र गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले आगामी पुस महिनामै नियमित वा विशेष अधिवेशन गर्नुपर्ने मत व्यक्त गरेका छन् । उनीहरूको तर्क अनुसार, महाधिवेशन समयमै सम्पन्न गर्नु पार्टी सुदृढीकरणका लागि आवश्यक छ । तर, अर्को पक्ष भने आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ ।

मंगलबारको बैठकमा सह-महामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीव विक्रम शाह, प्रकाश रसाइली (स्नेही), भीम पराजुली र गोमाकुमारी भट्टराईले आ-आफ्ना धारणा राखेका थिए ।

बैठकले पार्टीभित्रको आन्तरिक एकता, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे समेत छलफल जारी राख्ने बताइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २५ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद