१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भृकृटीमण्डपमा जनसभाअघि काठमाडौंमा एमालेको शक्तिप्रदर्शन



काठमाडौं । नेकपा एमालेले जनपरिचालन अभियानअन्तर्गत आज राजधानीमा जनसभा गर्न लागेको छ ।

वाग्मती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपमा हुने जनसभा सुरु गर्नुअघि एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय समितिका नेताकार्यकर्ताहरु सहभागी र्‍यालीहरू विभिन्न स्थानबाट नारा जुलुस लगाउँदै प्रदर्शनी मार्गमा भेला हुन थालेका छन् ।

जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार भएको नेशनल भोलेन्टियर्सको घोषणा कार्यक्रममा एमाले नेताहरुले आजको जनसभामा ६० हजार भन्दा बढी मास उतार्ने दाबी गरेका थिए । विभिन्न स्थानबाट निस्किएको जुलुसका कारण काठमाडौंको मध्यभागको ट्राफिक अस्तव्यस्त भएको छ ।

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन विरुद्ध एमालेले कात्तिक २२ गतेदेखि वडा–वडाबाट जनसम्पर्क तथा परिचालन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले