१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन



काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।

अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । “पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको मुख्य माग र उद्देश्य हो”, उनले भने ।

अभियानमार्फत भ्रष्टाचारका विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्ने, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था गराउने उद्देश्य रहेको छ । यसैगरी, लोकतन्त्रको संरक्षण र संवर्द्घनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्न सबै जिल्लाका संयोजक तोकिएको रिमालले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ४५ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल