२० मंसिर २०८२, शनिबार | December 6, 2025

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको ठुलो परिमाणको केराउ बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल भित्राइएको २० लाख रुपैयाँ बढीको मटर (केराउ) प्रहरीले नेपालगन्जबाट बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका (१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेर्डसमा छापा मारेर ११ सय ३० बोरा अवैध केराउसहित टे«डर्सका सन्चालक मुबारक अहमद कबडियालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरेर ल्याएको अवस्थामा गोदाममा भण्डारण गरिएको २० लाख ३४ हजार रुपैयाँ बराबरको ३३ हजार ९ सय किलो केराउ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

बिहीबार साँझ बरामद गरिएको उक्त परिमाणको अवैध केराउ र सन्चालक मुबारकलाई आबश्यक कारबाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ३२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति