२९ भदौ २०८३, सोमबार | September 14, 2026

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान



काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौं प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।

प्रहरी सङ्गठनबाट यसअघि सञ्चालित ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।

जेनजी आन्दोलनपछि सिङ्गो प्रहरी सङ्गठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित गर्नका लागि प्रहरीका तर्फबाट ‘हाम्रो प्रहरी’को अवधारणा स्थापित गर्न खोजिएको उनले जानकारी दिए ।

“प्रहरी आम नागरिकको हो भन्ने अवधारणालाई स्थापित गरेर आगामी दिनमा नागरिक समाज र प्रहरीबीचको सुसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ”, अभियानबारे स्पष्ट पार्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, “यसबाट प्रहरी-नागरिकबीचका अविश्वास हल गर्न तथा अपराध न्यूनीकरण, कुरीति अन्त्य, सुशासन र सामाजिक सुव्यवस्था कायम गर्न मद्दत मिल्नेछ ।”

हाम्रो प्रहरी अभियानअन्तर्गत मङ्गलबारदेखि नै प्रहरीको विभिन्न युनिटबाट जनसम्बन्ध विस्तारका काम थालनी भएका छन् । “टोलटोलमा प्रहरी कर्मचारीहरु स्थानीय नागरिकसँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ”, उनले भने, “छिट्टै विद्यालय र क्याम्पसमा युवासँग प्रहरीको महत्व र सुरक्षाका बारेमा अन्तरसंवाद गरिनेछ ।”

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले स्थानीय तह, विद्यालय, क्लबलगायत स्थानीय सङ्घसंस्थासम्म पुगेर अपराध न्यूनीकरण, कुरितीको अन्त्य र अन्य सामाजिक सचेतना जगाउने काम गर्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : १६ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका