१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महामन्त्रीद्वय समुह र देउवा समुहको छुट्टाछुट्टै बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरुको छुट्टै बैठक बस्ने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन घोषणा गरेपछि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएर त्यसअघि आफु निकटको नेताहरुसँग छुट्टै बैठक बस्ने भएको हो ।

आफुले कार्यकारी भूमिका त्यागिसकेको घोषणा गरेका सभापति देउवो विशेष महाधिवेशनको माग गर्ने ५४ प्रतिशत क्रियाशील सदस्यको हस्ताक्षरका विरुद्ध आफैँ नेताहरूसँग समुहगत छलफलमा जुटेका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वयले औपचारिक लेटरप्याडमा संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको प्रक्रिया सुरु भएको जनाउ दिएका थिए।

महामन्त्री द्वयको विज्ञप्ति लगत्तै देउवाले महामन्त्रीहरू थापा र शर्मालाई छलफल गर्न बिहीबार साँझ आफ्नो घरमा बोलाएपनि विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन बनाउन भन्दै थापा काभ्रेको धुलिखेलतिर लागेका थिए ।

पार्टीको केन्द्रीय कार्यसम्पादन बैठक आह्वान भएपछि बैठकका लागि महामन्त्री थापा काभ्रेको धुलिखेलबाट आज बिहानै काठमाडौँ फर्केका छन्।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ५६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित