काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरुको छुट्टै बैठक बस्ने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन घोषणा गरेपछि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएर त्यसअघि आफु निकटको नेताहरुसँग छुट्टै बैठक बस्ने भएको हो ।
आफुले कार्यकारी भूमिका त्यागिसकेको घोषणा गरेका सभापति देउवो विशेष महाधिवेशनको माग गर्ने ५४ प्रतिशत क्रियाशील सदस्यको हस्ताक्षरका विरुद्ध आफैँ नेताहरूसँग समुहगत छलफलमा जुटेका छन् ।
बिहीबार साँझ महामन्त्रीद्वयले औपचारिक लेटरप्याडमा संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको प्रक्रिया सुरु भएको जनाउ दिएका थिए।
महामन्त्री द्वयको विज्ञप्ति लगत्तै देउवाले महामन्त्रीहरू थापा र शर्मालाई छलफल गर्न बिहीबार साँझ आफ्नो घरमा बोलाएपनि विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन बनाउन भन्दै थापा काभ्रेको धुलिखेलतिर लागेका थिए ।
पार्टीको केन्द्रीय कार्यसम्पादन बैठक आह्वान भएपछि बैठकका लागि महामन्त्री थापा काभ्रेको धुलिखेलबाट आज बिहानै काठमाडौँ फर्केका छन्।


















प्रतिक्रिया