१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले-कांग्रेस नजिकिएपछि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीचको सहकार्य बलियो बन्दै गएपछि सरकार र केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने षड्यन्त्रमा लागेको दाबी गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा जारी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सके निर्वाचन सार्न नसके विभिन्न चरणमा निर्वाचन गराउने षड्यन्त्र गरिरहेको दाबी गरेका हुन् । उनले देशमा वैदेशिक हस्तक्षेप नाङ्गो रुपमा देखिएको बताउँदै चिन्ता व्यक्त गरे ।

वैदेशिक हस्तक्षेप बढ्दै जाँदा राष्ट्रकै अस्तित्व संकटमा पर्ने भन्दै उनले यसविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखे । निर्वाचनको विषयमा पनि वैदेशिक हस्तक्षेपले सीमा नाघेको उनको भनाइ थियो । उनले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको उल्लेख समेत गरे ।

ओलीले विकासको नाममा एनजीओ तथा डोनरको एजेन्डा बोकेर आउने समूहहरू राष्ट्रवादी शक्तिलाई योजनावद्ध बदनाम गर्न लागेको आरोप पनि लगाए। “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्,” उनले भने। राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ

ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनर्स्थापना हुन नदिन प्रयास भइरहेको आरोप लगाए। यस्ता गतिविधि रोक्नका लागि प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा ‘नेसनल युथ भोलेन्टियर फोर्स’ गठन गर्नुपर्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ०७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित