२४ पुस २०८२, बिहिबार | January 9, 2026

कांग्रेस पार्टी कार्यालयबाहिर कार्यकर्ताको प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाहिर मंगलबार कार्यकर्ताहरूले प्रदर्शन गर्दै नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक विवादको विरोधस्वरूप कार्यकर्ताहरू सडकमा उत्रिएपछि कांग्रेस कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

प्रदर्शनरत कार्यकर्ताहरूले “पार्टीलाई बन्दी बनाउन पाइँदैन” भन्दै चर्का नाराबाजी गरेका छन् । यस क्रममा केही नेताहरू र प्रदर्शनकारी कार्यकर्ताबीच भनाभन तथा बाझाबाझसमेत भएको बताइएको छ । सुरक्षाकर्मीको उपस्थितिमा स्थिति नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ ।

मंगलबार (पुस २२) का लागि बिहान ११ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय प्रवेशमा अवरोध भएपछि प्रभावित भएको छ । बैठक समय सारेर दिउँसो १ बजेका लागि तय गरिए पनि कार्यकर्ताको निरन्तर प्रदर्शनका कारण अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।

स्थिति असहज बनेपछि नेताहरू मुख्य प्रवेशद्वार प्रयोग नगरी वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । यसले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।

पार्टी नेतृत्वबीचको मतभेद, महाधिवेशन र संगठनात्मक निर्णयसँग सम्बन्धित विषयलाई लिएर कार्यकर्तामा आक्रोश बढ्दै गएको जनाइएको छ । यद्यपि पार्टी नेतृत्वले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ४३ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान