१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोना विशेष अस्पताल बुटवलमा एकै दिन २ जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिम र कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुई जनाको एकै रात फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरु दुवैजनाको बिगत सात दिनदेखि भेन्टिलेटरको सहयोगमा उपचार चलिरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको छ ।

यसैगरी असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको छ ।

नवलपरासीका संक्रमितमा कलेजो र मिर्गौलाको दीर्घ रोग रहेको र कपिलवस्तुको मृतकमा मधुमेह र मिर्गौलाको दीर्घ रोग रहेको प्रवक्ता डा. गौतमले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ४९ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन