२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको घडीमा ‘उत्सव’ मनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्ता अवस्थासँग जोडिएको राजनीतिक संवेदनशीलताका बीच उत्सवमय गतिविधि उपयुक्त नहुने संकेत गरेका छन्।

पोखरेलले भूराजनीतिक स्वार्थका अगाडि लम्सार पर्नु दासता भएको उल्लेख गर्दै त्यस्ता स्वार्थका विरुद्ध आवाज उठाउनु स्वाभिमानको अभिव्यक्ति हुने बताएका छन्। उनका अनुसार विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो भने त्यसका विरुद्ध उभिएर जनताको मनोबल ऊर्जावान बनाउनु नै साहस हो।

“संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ ?” पोखरेलले प्रश्न गर्दै भनेका छन्, देश जलिरहेको बेला उत्सव मनाउन नसक्नेहरू कसै-कसैले ‘दास’का रूपमा हेरे पनि यिनै व्यक्तिहरू आजको समयका ‘स्पार्टाकस’ बन्न सक्नेछन्।

उनका अनुसार स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर अघि बढ्ने शक्ति नै आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछ।

पोखरेलको यो अभिव्यक्तिलाई पछिल्ला राजनीतिक टिप्पणी र बहससँग जोडेर व्याख्या गरिँदै आएको छ। कांग्रेस महामन्त्री गगन थापाले आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस दासहरुको पार्टी नभएको भन्दै पार्टीमा कोही बाहरु नरहेको बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ५२ बजे

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ