२८ पुस २०८२, सोमबार | January 12, 2026

विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको घडीमा ‘उत्सव’ मनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्ता अवस्थासँग जोडिएको राजनीतिक संवेदनशीलताका बीच उत्सवमय गतिविधि उपयुक्त नहुने संकेत गरेका छन्।

पोखरेलले भूराजनीतिक स्वार्थका अगाडि लम्सार पर्नु दासता भएको उल्लेख गर्दै त्यस्ता स्वार्थका विरुद्ध आवाज उठाउनु स्वाभिमानको अभिव्यक्ति हुने बताएका छन्। उनका अनुसार विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो भने त्यसका विरुद्ध उभिएर जनताको मनोबल ऊर्जावान बनाउनु नै साहस हो।

“संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ ?” पोखरेलले प्रश्न गर्दै भनेका छन्, देश जलिरहेको बेला उत्सव मनाउन नसक्नेहरू कसै-कसैले ‘दास’का रूपमा हेरे पनि यिनै व्यक्तिहरू आजको समयका ‘स्पार्टाकस’ बन्न सक्नेछन्।

उनका अनुसार स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर अघि बढ्ने शक्ति नै आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछ।

पोखरेलको यो अभिव्यक्तिलाई पछिल्ला राजनीतिक टिप्पणी र बहससँग जोडेर व्याख्या गरिँदै आएको छ। कांग्रेस महामन्त्री गगन थापाले आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस दासहरुको पार्टी नभएको भन्दै पार्टीमा कोही बाहरु नरहेको बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ५२ बजे

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ गगन थापाको समसमायिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्रीद्वय

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत

तनहुँ । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको

नेपालगन्जमा निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगन्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला

पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : शेखर कोइराला

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर