५ बैशाख २०८३, शनिबार | April 18, 2026

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद



बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । पुस २६ गते वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका-९ स्थित ईँटाभट्टी क्षेत्रबाट भन्सार छली गरी ल्याइएको सामान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको उक्त सामान भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ती सामानहरू चोरी निकासी गरी ल्याइएका थिए ।

प्रहरीले भारतीय नम्बर प्लेट यूपी ५६ एन ६९२५ नम्बरको मोटरसाइकलमा लोड गरिएको अवस्थामा ४ कार्टुन (४ हजार थान) विभिन्न मोबाइल फोनमा प्रयोग हुने मोबाइल प्राइभेसी ग्लास बरामद गरेको हो । बरामद मोबाइल प्राइभेसी ग्लासको अन्दाजी मूल्य १२ लाख रुपैयाँ र मोटरसाइकलको अन्दाजी मूल्य १ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसरी बरामद गरिएका सम्पूर्ण सामानको कुल मूल्य करिब १३ लाख रुपैयाँ बराबर रहेको छ ।

बरामद गरिएका अवैध सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सोमबार भैरहवा भन्सार कार्यालय, बेलहिया (रुपन्देही) पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीले भन्सार छलिका गतिविधि नियन्त्रण गर्न निगरानी कडा बनाइएको र यस्ता अवैध कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : ०० बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध