२ माघ २०८२, शुक्रबार | January 16, 2026

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक



ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
कांग्रेसको विेशष महाधिवेशनले विघटन गरेको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । भोलि शनिबार बिहान ८ बजे बस्ने गरि देउवा समुहले बैठक बोलाएको हो ।

देउवा समुहका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक भोलि २०८२ माघ ३ गते शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा विशेष महाधिवेशनले विघटन गरेको केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ०२ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ