८ कार्तिक २०८३, आइतबार | October 25, 2026

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता



काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साविकको काठमाडौं क्षेत्र नं. ४ छोडेर सर्लाही ४ रोजेका थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको टिकट वितरणलगायतका कार्यमा व्यस्त रहेकाले थापाले प्रत्यक्ष उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थापाको तर्फबाट वारेस बनेका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए ।

सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह, जनता समाजवादी पार्टीबाट रामेश्वर राय तथा नेकपाबाट डा। रजनीश रायले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ४२ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको