२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता



काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साविकको काठमाडौं क्षेत्र नं. ४ छोडेर सर्लाही ४ रोजेका थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको टिकट वितरणलगायतका कार्यमा व्यस्त रहेकाले थापाले प्रत्यक्ष उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थापाको तर्फबाट वारेस बनेका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए ।

सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह, जनता समाजवादी पार्टीबाट रामेश्वर राय तथा नेकपाबाट डा। रजनीश रायले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ४२ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन