१० श्रावण २०८३, आइतबार | July 27, 2026

दाउन्नेको पहिरोमा बस पुरियो, एक जनाको मृत्यु ७ जना घाइते; ४० घण्टापछि खुल्यो एकतर्फी सडक



कावासोती । पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको सडक एकतर्फी रुपमा खुलेको छ ।

तर, पहिरोमा परेर एउटा बस पुरिँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ना ५ ख ६९४० नं. को बस बिहीबार साँझ खसेको पहिरोमा परेर पुरिएको थियो ।

मत्यु हुनेमा रुकुम पश्चिम आठबीसकोटका हरिषचन्द केसी रहेका छन् । बिहीबार राति ९ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।

उनीहरुमध्ये ४ जना घाइतेको भरतपुर मेडिकल कजेज र अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा १७ जना रहेका थिए ।

दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो पन्छाएपछि एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । भने एकतर्फी खुला भएको छ । ४० घण्टासम्म अवरुद्ध रहेको सडक शुक्रबार बिहान एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा ओाहोरदोहोर गर्ने सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए । दाउन्नेमा आधादर्जन स्थानमा पहिरो खसेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : २८ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले