२ चैत्र २०८२, सोमबार | March 16, 2026

कोरोना संक्रमित ७० हजार भन्दा बढी, शुक्रबार थपिए १ हजार ३१३ जना



काठमाडौं । कोरोना भाइरसका संक्रमित ७० हजार भन्दा बढी पुगेका छन् ।

गत चैतमा कतारबाट आएकी एक युवतीबाट सुरु भएको नेपालको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा दिनप्रतिदिन बढिरहेको छ ।

संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन हटेसँगै संक्रमितहरुको संख्या पनि तिब्र गतिमा फैलिरहेको छ । घना वस्ती भएका काठमाडौं जस्ता शहरमा नै सबैभन्दा धेरै संक्रमित थपिँदै गएका छन् ।

शुक्रबार भाइरसका १ हजार ३३१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ पीसीआर परीक्षणमा १ हजार ३१३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको तथ्यांक अनुसार हालसम्म देशभर संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सक्रिय संक्रमित १८२८९ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन । होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् ।

२४ घण्टामा संक्रमण मुक्त भएर निको हुनेको संख्या १ हजार ४५५ रहेका छन् ।

६ जनाको मृत्यु

कोरोना संक्रमणबाट ३ जना महिलासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, काठमाडौं र कपिलवस्तुका एक एक जना महिला रहेका छन् ।

यस्तै, मोरङ, सप्तरी र ललितपुरका एक एक जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म ४५९ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको