९ चैत्र २०८२, सोमबार | March 24, 2026

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने



नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा गरिएको ‘आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई सुरुमा सचेत गराउने तर सुधार नभए निर्मम बन्नुको विकल्प नहुने स्पष्ट पारे । अहिले निर्वाचनको माहोलमा पत्रकार अझ मर्यादित र जिम्मेवार बन्नुपर्नेमा उनको जोड रहेको छ ।

पत्रकारले गल्ती सच्याउने तत्परता देखाउनुपर्ने भन्दै उनले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ख्याल गर्नुपर्ने आवश्यकता समेत औंल्याए । पत्रकारले सामाजिक संजालमा व्यक्त गर्ने विचार पनि अनुगमनको दायरामा आउने भन्दै उनले प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको स्पष्ट पारे ।

अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक बनाउने, परिमार्जन गर्ने कोशिसमा लागेको जानकारी गराउँदै अनलाइन सञ्चार माध्यमको बर्गीकरणका लागि पनि प्रयास भइरहेको उल्लेख गरे । ५० वर्ष बढी पत्रकारिता गरेका पत्रकारलाई सम्मान गर्ने निर्णय काउन्सिलले गरेको बताउँदै उनले आस्थाको आधारमा नभई योग्यताको आधारमा पुरस्कार प्रदान गर्ने प्रणाली स्थापित गरिने पनि स्पष्ट पारे । प्रादेशिक संरचना विस्तार गर्न काउन्सिल परामर्शमै रहेको बताउँदै उनले यसमा आफू सकारात्मक रहेको स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले काउन्सिलको पछिल्लो गतिविधिसंगै अनुगमनको पाटोबारे जानकारी गराएकी थिइन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले गम्भीरतापूर्वक आचारसंहिताको पालना गर्नुपर्नेमा जाड दिए । शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा, सुझाव दिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : १० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११