४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना पुष्टि



काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी शाहलाई कोरोना संक्रमण भएको आफैले पुष्टी गरेकी छिन् ।

शाहलाई हिजो शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

शाहले अहिले आफु होम आइसोलेसनमा बसेको बताएकी छिन् । सामान्य थकाई र हल्का ज्वरो आएपनि अरु कुनै समस्या नभएको उनले जानकारी गराएकी छिन् ।

प्रधानमन्त्री ओलीको उपचारमा हरेक पटक शाह नै खटिने गरेकी छिन् । गत फागुनमा भएको दोस्रो पटक मृगौला प्रत्यारोपणको नेतृत्व पनि शाहले नै गरेकी थिइन ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको