२६ असार २०८३, शुक्रबार | July 10, 2026

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् : शंकर पोखरेल



बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झण्डा जलाउने जस्ता गतिविधिलाई अराजक र आपराधिक चरित्रको संज्ञा दिँएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ता कार्यमा संलग्न तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने बताएका छन्।

“अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्। यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।” उनले उल्लेख गरेका छन्।

पोखरेलको यो प्रतिक्रिया गएराति दाङको तुलसीपुरमा भएको घटनापछि आएको हो। तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

एमाले नेताहरूले उक्त घटनालाई लोकतान्त्रिक मूल्य-मान्यतामाथिको प्रहार भएको बताएका छन् भने सामाजिक सञ्जालमा पनि समर्थकहरूबीच आरोप-प्रत्यारोप चलिरहेको छ।

यो पनि पढ्नुहोस : दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

महासचिव पोखरेलले संकेत गरेअनुसार उनले यस्तो गतिविधिलाई राजनीतिक असहमतिको अभिव्यक्तिभन्दा बाहिरको आपराधिक प्रवृत्ति ठहर गरेका छन्। उनले प्रत्यक्ष रूपमा कुनै दलको नाम नलिए पनि घटनाप्रति स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन्।

घटनाबारे स्थानीय प्रशासनले आवश्यक छानबिन गरिरहेको जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा भएको यस प्रकारको गतिविधिले राजनीतिक वातावरण तनावयुक्त हुने विश्लेषण पनि गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : ४२ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी