१० श्रावण २०८३, आइतबार | July 27, 2026

पहिराेले बागलुङमा ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा



बागलुङ । निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ । २१५ घर उच्च जोखिममा छन् ।

बागलुङ नगरपालिकामा ६५ घर पहिराेले पूर्णरूपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन् । निरन्तरको वर्षातका कारण नगरपालिकाभित्र बाढीपहिरो तथा जमिन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ ।

पूर्णरूपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट एक लाख ५० हजार रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो ।

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै १५ हजार रूपैयाँ दिइएकाे छ । यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५५ घर पहिराेको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

उनले पछिल्लो वर्षातमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ३२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले