काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन लगाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई आग्रह गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज सार्वजनिक भएको सो डकुमेन्ट्री हटाउन लगाउन काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।
बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आज सार्वजनिक गरेका थिए । रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई दृष्यमा उतार्दै आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।
रिपोर्ट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रिपोर्ट पुर्वाग्रहपूर्ण र एकपक्षिय भएको भन्दै आलोचना गरेका छन् ।


















प्रतिक्रिया