२ चैत्र २०८२, सोमबार | March 16, 2026

सोमबार थपिए १३ सय ५१ जना, सक्रिय संक्रमित १९ हजार ६२४ पुगे



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने रफ्तार सोमबार पनि घटेन । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १३ सय ५१ जना संक्रमित थपिएका छन् ।

१० हजार ८० पीसीआर परीक्षण गर्दा १३ सय ५१ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजना गर्ने नियमित कोरोना अपडेट कार्यक्रममा प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार हालसम्म देशभर कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् । यसैगरी, होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे देशव्यापी लकडाउन लगाउन सरकारलाई सुझाव दिइसकेको छ । अर्थात स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनको तुलना गर्नेहो भने ५ हजार ७१ संक्रमित थपिए भने पुनः लकडाउन लाग्नेछ ।

देशभर २४ घण्टामा ७४२ जना मात्र संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ५४ हजार ६४० जना संक्रमित घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : २३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५