२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सोमबार थपिए १३ सय ५१ जना, सक्रिय संक्रमित १९ हजार ६२४ पुगे



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने रफ्तार सोमबार पनि घटेन । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १३ सय ५१ जना संक्रमित थपिएका छन् ।

१० हजार ८० पीसीआर परीक्षण गर्दा १३ सय ५१ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजना गर्ने नियमित कोरोना अपडेट कार्यक्रममा प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार हालसम्म देशभर कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् । यसैगरी, होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे देशव्यापी लकडाउन लगाउन सरकारलाई सुझाव दिइसकेको छ । अर्थात स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनको तुलना गर्नेहो भने ५ हजार ७१ संक्रमित थपिए भने पुनः लकडाउन लाग्नेछ ।

देशभर २४ घण्टामा ७४२ जना मात्र संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ५४ हजार ६४० जना संक्रमित घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : २३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको