१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ



काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अधिकारीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै निर्वाचन विरोधी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  २ : १० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित