२४ भदौ २०८३, बुधबार | September 9, 2026

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो ।

महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए । “निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ”, उनले भने ।

पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका एकरदुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । मधेस प्रदेशसहित तराईका भू(भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ ।

“बिहीबार देशका अधिकांश भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछन् । उल्लेखनीय वर्षा प्रणाली सक्रिय नदेखिएकाले भारी वर्षाको सम्भावना छैन”, महाचशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ, “शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।”

महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : १६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको