३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना



काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षासम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ । सेनाद्वारा आज जारी एक अपिलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ ।

‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ ।’ नेपाली सेनाले अपिलमा लेखेको छ ।

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकाय एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ ।

सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्नरनगराउन जनसमुदायमा सेनाले अपिल गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : २२ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६