४ आश्विन २०८३, आइतबार | September 20, 2026

दाङका दुई मतदान केन्द्रमा अझै सुरु भएन मतदान, बस्ती स्थानान्तरण माग गर्दै स्थानीय बहिष्कारमा



दाङ । मतदान सुरु भएको तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि दाङका दुई मतदान केन्द्रमा मत खस्न सकेको छैन । बबई गाउँपालिका-१ जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोलास्थित देउती माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म कुनै मत नखसेको हो ।

जनता आधारभूत विद्यालय, जिलाका मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ र कर्मचारीहरू केन्द्रमा उपस्थित छन् । तर मतदाता नआएका कारण मतदान प्रक्रिया अघि बढ्न सकेको छैन। उक्त केन्द्रमा ६८२ जना मतदाता रहेका छन् ।

यसैगरी वडा नम्बर ७ तल्लो मलैखोलास्थित देउती माविमा पनि मतदान हुन नसकेको मतदान अधिकृत टेकबहादुर केसीले जानकारी दिएका छन् ।

बबई गाउँपालिका-१ र ७ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचन बहिष्कार गर्ने अडान लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आन्दोलनरत पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको बताए पनि हालसम्म उनीहरू मतदान प्रक्रियामा सहभागी नभएको जानकारी दिए ।

आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पीडित दाङ मध्यवर्ती क्षेत्रका स्थानीयको बहिष्कारका कारण बबई-७ देउती मावि मलैखोला र बबई-१ जनता आधारभूत विद्यालय जिलास्थित मतदान केन्द्रमा मत खस्न नसकेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ११ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी