४ आश्विन २०८३, आइतबार | September 20, 2026

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)



खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु भएको मतदानमा बाँकेका मतदान केन्द्रहरुमा महिला मतदाताहरुको उत्साहजनक उपस्थिती देखिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का मतदान केन्द्रहरुमा महिलाहरुको सहभागिता उल्लेख्य देखिएको हो ।

बाँकेको खजुरा स्थित चमकदारपुर मतदान केन्द्रमा बिहानै देखि महिला मतदाताहरुको बाक्लो उपस्थिती देखिएको छ भने पशुपति माबि घिया मतदान केन्द्रमा पनि महिला मतदाताको बाक्लो उपस्थिती देखिएको छ । मुस्लिम समुदायको बसोबास रहेको चमकदारपुर केन्द्रमा रमदानका बावजुद बुर्का लगाएर महिला मतदाताहरु मतदानमा सहभागी भए । खजुरा कै घियामा पनि महिला मतदाताहरु पुरुष मतदाताको तुलनामा धेरै लामबद्ध देखिएको थियो । थारु समुदायको बाहुल्यता रहेको सो मतदान केन्द्रमा १० जे सम्ममा ४०० मत खसेको मतदानमा खटिएका कर्मचारीले जानकारी दिए ।

ज्ञानोदय नमुना माबि मतदान केन्द्रमा पनि बिहानै देखि महिला मतदताहरु लामबद्ध हुन पुगेका थिए । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थलमा १३५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ४० बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी