३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४९५ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुन रु तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार रु तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : ४१ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय