११ श्रावण २०८३, सोमबार | July 27, 2026

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार



धादिङ । धादिङमा कोभिड-१९ को जोखिम बढ्दै गएकोले स्थानीय सरकारले क्वारेन्टिनलाई थप ब्यवस्थित गर्न थालेका छन् ।

बढ्दो सङ्क्रमण र आगामी चाडपर्वको कारणले क्वारेन्टिनको बसाई आचार-संहिता निर्माण देखि व्यवस्थापनमा उनीहरु जुटेका हुन् । शुरुआती चरणमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिनलाई प्रयोग गरिएको विद्यालय भवन खाली गरिएको छ ।

धादिङका सात स्थानीय सरकारले नयाँ ठाउँका क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहिता समेत जारी गरी समग्र व्यवस्थापन राम्रो बनाउँदै लगेका छन् । अब क्वारेन्टिन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गनुपर्ने र यसले अवश्य सङ्क्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए ।

अध्यक्ष तामाङले यसको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाई आचारसंहिताको निर्माण गरिएको छ भने । यसरी निर्माण भएको आचारसंहितालाई सात वटा पालिकाले अनुसरण गर्न थालेका छन् ।

स्थानीय सरकार नै बसाई आचार-संहिता निर्माणदेखि क्वारेन्टीनको ब्यवस्थापनमा जुट्दा सङ्क्रमित र जोखिममका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोज दिपक अधिकारीले बताए । यसमा स्वास्थ्य र सरसफाइका लागि अन्तरर्राष्ट्रिय गैह्रसरकारी संस्था डिसिएले सहयोग पुर्याएको छ ।

क्वारेन्टिनमा रहने प्रत्येक व्यक्तिलाइ आवश्यक पर्ने सरसफाइ सामाग्रीदेखि, इन्टरनेट, टेलिभिजन, महिला र पुरुषको लागि बेग्लाबेग्लै शौचालय र स्नानघर डिसिएले निर्माण गरिदिएको छ । व्यवस्थित क्वारेन्टिनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ त्यहाँको बसाई निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् ।

उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बस्न आएकी थिइन् । धादिङमा क्वारेन्टिन र आइसोलेसन बसाई सम्बन्धी नागरिक आचार संहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सात स्थानीय तहका १० क्वारेन्टिनलाई व्यवस्थित बनाइएको छ ।

खनियाबास, गंगाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन मापदण्ड अनुसार बनाएका छन् भने बसाई सम्बन्धी नागरिक आचार संहिता पनि लागू गरिएको छ । रासस

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ३० बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा