२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चितवनमा कोरोनाले विकराल स्वरुप लिँदै, बुधबार थपिए ८४ नयाँ संक्रमित



चितवन । चितवनमा बुधबार पनि ठूलो संख्यमा कोरोना संक्रमित थपिएका छन् । बुधबार मात्र चितवनमा ८४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र भरतपुर अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा ९ जना चितवन बाहिरका छने भने चिथवनका ५२ जना रहेका छन् । ५२ जना मध्य भरतपुर महानगरपालिकाका मात्र ४३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ५ जना, खैरहनी नगरपालिका २ जना, राप्ती र माडी नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजले जनाएको छ ।

उता भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, राप्ती नगरपालिका–६ का ३ पुरुष र एक महिला गरी चार जना, खैरहनी नगरपालिका–५ र ६ का २ पुरुष र ३ महिला गरी ५ जना तथा रत्ननगर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : १० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै