१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध काँग्रेसद्वारा रूपन्देही बन्द आह्वान



बुटवल । नेपाली कांग्रेस रूपन्देहीले प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध भोलि रूपन्देही बन्दको आह्वान गरेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमाना भालुवाङ राख्ने प्रस्ताव विरूद्ध रुपन्देही कांग्रेसले आन्दोलन घोषणा गरेको हो।

शनिबार बसेको काँग्रेस बैठकले आन्दोलनको विकल्प नभएको निस्कर्ष निकालेको छ ।

बन्दको अघिल्लो दिन बुटवल उपमहानगरका सबै वडामा मशाल जुलुस निकाल्ने पनि काँग्रेसले योजना बनाएको छ । काँग्रेसले १९ गते सोमबार ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

१९ गते राजधानी प्रस्तावसम्बन्धमा प्रदेशसभमा छलफल हुँदैछ ।  प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने रणनीति काँग्रेसले बनाएको छ ।

काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन समेत गर्ने भएको छ ।

कांग्रेस बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सबै उद्योगी व्यवसायी लगायत सबै पक्षसँग छलफल समेत अघि बढाएको छ ।

प्रदेश सरकारले शुक्रबार दाङमा स्थायी  राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावको पक्षमा दाङ काँग्रेसले भने समर्थन गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ३ : १२ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक