१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको सुरुआती गतिविधिप्रति असन्तुष्टि जनाउँदै यसको लक्षण राम्रो नदेखिएको बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सरकारले एक सय दिन पनि पूरा नगर्दै जनतामा निराशा उत्पन्न गर्ने संकेत देखिएको उल्लेख गरे।

उनले जनतालाई पीडा र यातना दिने खालका गतिविधि नगर्न सरकारलाई आग्रह गर्दै सुरुदेखिको कार्यशैलीले धेरै आशा गर्ने अवस्था नरहेको बताए। “तत्कालका केही दमनपूर्ण सरकारी कदमबाट आत्तिनु हुँदैन, न्यायको पक्षमा दृढतापूर्वक उभिनुपर्छ,” उनले भने। अधिकारका निम्ति सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।

नेपालले वास्तविक सुकुमबासीको पहिचान नगरी डोजर चलाइएको विषयलाई अन्यायपूर्ण भएको बताए। “वैकल्पिक व्यवस्था नगरी सुकुमबासीमाथि दमन गर्नु जायज होइन,” उनले भने, “यसले जनताको बास बस्ने अधिकार खोसिरहेको छ।”

उनले सरकारलाई तत्कालै आरोप लगाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै सुधारको अवसर दिनुपर्ने धारणा राखे। “भावना पवित्र छ भने चालिने कदम पनि उचित हुनुपर्छ,” उनले भने, “जनविरोधी काम नगर्न सरकारलाई सावधान गराउँछौं।”

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : २८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का