३ भदौ २०८३, बुधबार | August 19, 2026

थप १९ चिकित्सकको लाइसेन्स खारेज



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलले यसअघि १७ जना डाक्टरको लाइसेन्स रद्द गरेको थियो। शुक्रबार खारेज भएका १९ जनासहित यो साता ३६ डाक्टरको मेडिकल काउन्सिलले लाइसेन्स खारेज गरिदिएको छ ।

शुक्रबार नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरिएको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।

नेपाली नागरिकता त्यागेर विदेश राहदानी लिएका कूल ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरिएको काउन्सिलका रजिष्ट्रार देवले बताए। उनका अनुसार ती चिकित्सकको नाम दर्ता किताबबाट समेत हटाइएको छ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम काउन्सिलको दर्ता कितावबाट खारेज गर्ने निर्णय गरिएको उनले बताए ।

शुक्रबार डाक्टर लाइसेन्स रद्द भएका १९ जनामा ब्रिटिस, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, अष्ट्रेलिया र भारतको नागरिकता लिएकाहरू हुन्। शुक्रबार लाइसेन्स रद्द गरिएकाहरूमा डा.सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेन खड्का, आरती रानाभाट छन्। यसैगरी डा.रमेशराज पहारी, सञ्जोक घले, ऋषिराज बराल, डा प्रभु पाण्डे, तृप्ति महर्जन र सृजना श्रेष्ठको पनि लाइसेन्स खारेज भएको छ।

यस्तै, लाइसेन्स खारेज हुनेमा डा. सुनिता विष्ट, दीपा मल्ल, सौरब जिसी, जेनिसा श्रेष्ठ, प्रभास रेग्मी, दीपिका ज्ञवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डे पनि परेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ४८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ