३० बैशाख २०८३, बुधबार | May 13, 2026

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग



बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम सकारात्मक रहेको जनाउँदै कार्यान्वयमा उतार्न माग गरेको छ ।

लगानीको थप वतावरण बनाउन, उद्योग–व्यवसायलाई चलायमान बनाउन नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नु स्वागतयोग्य रहेको संस्थाका अध्यक्ष सचिन रोकाले बताए ।

“निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नु, औद्योगिक ग्राम र विशेष आर्थिक विस्तारले सकारात्मक पक्ष हुन् ।” रोकाले भने ।

उनले नगदरहित र डिजिटल अर्थतन्त्र प्रवर्द्धन, अन्तरराष्ट्रिय पेमेन्ट गेटवे, कर प्रणाली सरलीकरण, युवालाई उत्पादन क्षेत्रमा विशेष जोड, नेपाल लगाानी भिसा, नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन, महिला उद्यमशीलता विकास रणनीति, नेप्से तथा पुँजीबजारको पुनर्संरचना, आगामी दशकमा औसत सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य, हरित अर्थतन्त्र प्रवर्द्धन, रिमोट वर्क नीति, लगानी एक्सप्रेस नीतिः ३० दिनभित्र दर्ता अनुमति, डिजिटल सुरक्षामा लगानी, देवभूमि नेपाल अभियान, धार्मिक तथा होमस्टेलाई प्रवर्द्धन, रोजगार प्रवर्द्धन दशक घोषणा, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको लागि अन्तरराष्ट्रिय वायु सेवा प्रदायकसँग कुटनीतिक पहल गर्नु, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, केरुङ–काठमाडौँ रक्सोल–काठमाडौँ रेलमार्ग लगानी मोडालिटीका साथै डिजिटल सुशासन, स्वास्थ्य, शिक्षा, खेलकुद, ऊर्जा, वन, सरसफाइ, स्वच्छ खानेपानीजस्ता विषयवस्तु समेटिनु स्वागतयोग्य भएको बताए ।

नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २७ बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न