४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपालद्वारा स्कटल्याण्डमाथि ६ विकेटको शानदार जित



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपालले नामिबियालाई रन रेटले पछाडि पारेको छ। नामिवियाको समान २२ अंक छ । हालसम्म नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाए । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । कुशल २८ तथा आसिफ २९ रनमा आउट भए । त्यसपछि रोहित र इशानले नेपालको इनिङ्स सम्हालेका थिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । स्कटल्यान्डका लागि मार्क वाटले २ विकेट लिए भने ब्रेन्डन म्याकमुलेनले १ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रनमा समेटिएको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इंग्लिसले ७२ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जर्ज मुन्सेले २१, कप्तान रिची बेरिङटनले १२ तथा मार्क वाटले २० रन जोडे । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट हात पार्दा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यस जितसँगै नेपाल २७ खेलबाट २२ अंक जोड्दै पाँचौँ स्थानमा पुगेको छ । समान २२ अंक भए पनि नामिबिया रनरेटमा पछि पर्दै छैटौँ स्थानमा रहेको छ । क्यानडा २१ अंकसहित सातौँ तथा यूएई १४ अंकसहित पुछारमा छन् ।

स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा कायम रहँदा अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा छ । ओमान ३१ अंकसहित तेस्रो र नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा रहेका छन् ।

नेपालले अब शृङ्खलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ३ : २४ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल