२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाल समूह विजेता बन्दै एसियन गेम्स क्रिकेट छनोटको सेमिफाइनलमा



काठमाडौं । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियामाथि १६७ रनको शानदार जित दर्ता गर्दै अपराजित रहँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमा सीमित भयो । मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको विस्फोटक शतकीय इनिङ खेले ।

कुशलको यो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो । उनले यसअघि यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए । यससँगै उनी लगातार दुई टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक इनिङ खेल्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले ५ चौका र ७ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन, सन्दीप जोराले १५ रन तथा लोकेश बमले १० रन जोडे ।

नेपालले पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखबीच १३४ रन तथा तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रबीच ५१ रनको महत्वपूर्ण साझेदारी गरेको थियो ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको छ । मलेसिया २ अंकसहित उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । दुवै टोलीले यसअघि नै आगामी एसियन गेम्समा स्थान सुनिश्चित गरिसकेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ४ : २६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त