९ भदौ २०८३, मंगलबार | August 25, 2026

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कडा आलोचना गर्दै वैकल्पिक शक्तिको रूपमा जनताबाट प्राप्त विश्वासलाई सरकारले नीति, दृष्टिकोण र कार्ययोजनामा रूपान्तरण गर्न नसकेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले ‘वैकल्पिक शक्तिको सत्ता यात्रास् आशा, निराशा र विरोधाभास!’ शीर्षकमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपासँग वैकल्पिक नीति र स्पष्ट मार्गचित्रको अपेक्षा गरिएको भए पनि हालसम्म त्यस्तो कुनै स्पष्ट नीति, योजना वा दृष्टिकोण देखिन नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार सरकार स्पष्ट रणनीतिविना नै ‘भयको सिद्धान्त’ को आधारमा सत्तालाई प्रयोगशालाका रूपमा प्रयोग गरिरहेको देखिएको छ।

पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ ग्रहणदेखि नै सस्तो चर्चा कमाउने शैली अपनाएको आरोप लगाउँदै अहिले उनीहरूको काममा गम्भीर विरोधाभास देखिन थालेको बताएका छन्। परिस्थितिमा सुधार आउनुको सट्टा दिनप्रतिदिन चुनौती थपिँदै गएको उनको दाबी छ।

आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले नयाँ सरकार गठन भएयता आर्थिक सुधारको कुनै संकेत नदेखिएको उल्लेख गरेका छन्। बजारमा महँगी र कालोबजारी बढेको तथा समाजमा हत्या, हिंसा र अपराधका घटना समेत वृद्धि भएको उनको आरोप छ।

महासचिव पोखरेलले सरकारप्रतिको ‘आश र त्रास’ का कारण पीडितहरूको न्यायको आवाजसमेत कमजोर बन्दै गएको दाबी गरेका छन्। उनका अनुसार पहिले पीडितका पक्षमा खुलेर बोल्ने नागरिकहरू अहिले स्वतन्त्र रूपमा आफ्नो धारणा राख्न नसक्ने अवस्था सिर्जना भएको छ।

पोखरेलले रास्वपा नेतृत्वलाई जनताले दिएको लोकप्रिय जनादेशको सम्मान गर्न आग्रह गर्दै सस्तो लोकप्रियतावाद (पपुलिजम) र त्रासको भरमा केही समय सत्ता सञ्चालन गर्न सकिए पनि जनतालाई डर वा भ्रममा राखेर सुशासन र आर्थिक समृद्धि हासिल गर्न नसकिने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १० : ५८ बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत