५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ की ३६ वर्षीया गंगा कुमारी पुर्वछाने, कास्कीको पोखरा महानगरपालिका-१ का किरणकृष्ण तिवारी, कपिलवस्तुको बाणगंगा नगरपालिका-१ का सञ्जय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का ४२ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी निवासी ४१ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेकाहरू बस्दै आएको कोठा तथा पसलमा गरिएको खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरिएको छ । बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागज, कार्डबोर्ड, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : ०१ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा