२४ भदौ २०८३, बुधबार | September 9, 2026

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास



काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई बौद्ध क्षेत्रमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनापछि उनका श्रीमानले गुरुङलाई घाइते अवस्थामा फेला पारी तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ।

गुरुङको आइसीयुमा उपचार भइरहेको बर्न अस्पतालले जनाएको छ । अस्पतालले उनको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको पनि जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : २६ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका