२ भदौ २०८३, मंगलबार | August 18, 2026

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।

बैठकमा पार्टीका रिक्त पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयन गरी अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको रास्वपाले जनाएको छ।

रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गर्न बाँकी रहेको छ।

रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेले केही पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय समिति बैठकमा निर्णयका लागि पेस गर्ने तयारी गरेका छन्।

यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई वरिष्ठ नेता बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो।

सोही बैठकले पदाधिकारीमध्ये पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णयसमेत गरेको थियो।

भदौ ५ गतेको बैठकलाई रास्वपाले संगठनात्मक संरचना विस्तार तथा जिम्मेवारी बाँडफाँटलाई पूर्णता दिने महत्वपूर्ण बैठकका रूपमा लिएको छ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १ : ५१ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन