३ भदौ २०८३, बुधबार | August 19, 2026

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु



काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते बडुको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। मंगलबार बिहान बिहान १०ः४ बजे अस्पताल पुर्‍याइएकी ४९ वर्षीया बडुको उपचारका क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

रजिस्ट्रार तारादत्त बडुकी पत्नी लक्ष्मी बडुको शव छाउनी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चार जनालाई बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ।

यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ४८ बजे

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका