३ भदौ २०८३, बुधबार | August 19, 2026

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला



हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।

निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए । बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृतावस्थामा फेलापरेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६)लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ९ : ५६ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।