६ भदौ २०८३, शनिबार | August 22, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न आउने मतदाताले परिचय खुल्ने फोटोसहितको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने भएको छ।

संघले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार (भदौ ६ गते) हुने निर्वाचनमा सम्पूर्ण मतदाताले सरकारी निकायबाट परिचय खुल्ने आफ्नै फोटोसहितको कुनै एक प्रमाणपत्र लिएर मतदानस्थलमा उपस्थित हुनुपर्नेछ। तोकिएको प्रमाणपत्रमध्ये कुनै एक नल्याएमा मतदान कार्यबाट वञ्चित गरिने संघले जनाएको छ।

संघका अनुसार मतदानका लागि नागरिकता प्रमाणपत्र, सरकारले जारी गरेको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, वाणिज्य, घरेलु तथा पालिकामा दर्ता भएको फोटोसहितको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट जारी भएको पान नम्बरको प्रमाणपत्र वा नेपालगन्ज उद्योग वाणिज्य संघले जारी गरेको फोटोसहितको सदस्यता प्रमाणपत्र देखाएर मात्र मतदानमा सहभागी हुन सकिने छ ।

संघका महासचिव भीमबहादुर रानाभाटले जारी गरेको सूचनामा निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउन मतदाताको परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको उल्लेख छ।

संघले सबै मतदातालाई तोकिएको प्रमाणपत्रमध्ये कुनै एक अनिवार्य रूपमा साथमा लिएर मतदान गर्न आउन आग्रह गरेको छ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  १ : ४० बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक